कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संगमः ORA

२६ जेठ, काठमाडौँ । नेपालको सौन्दर्य उद्योगमा नयाँ सम्भावना सिर्जना गर्दै ORA ले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्चगुणस्तरीय कच्चा पदार्थलाई नेपाली माटोमा उत्पादन संयोजन गरी नेपालमै विश्वस्तरीय स्किन केयर उत्पादनगरिरहेको छ।

ORA ब्रान्ड NK Cosmetics Pvt. Lrd. ले उत्पादन गरिरहेको नेपाली ब्रान्ड हो, जसले नेपाली उपभोक्तालाईअन्तरोष्ट्िस्तरको गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको छ। कम्पनीले नेपालीरु. ३५ करोडको लगानीमा ईमाडोल, ललितपुरमा उद्योग स्थापना गरेको छ।

कम्पनीले ९ वटा प्रमुख उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ भने निकट भविष्यमा थप १० देखि १५वटा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीको उत्पादन क्षमता विस्तारसंगे आफ्नेउद्योगबाट १०० भन्दा बढी विभिन्न प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्यका साम्रीहरूउत्पादन ग्न सकिने क्षमता रहेको छ।

ORA को स्थापना नेपाली तथा कोरियन उद्यमीहरूको संयुक्त सहकार्यमा भएको हो। कम्पनीको नेतृत्वगैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष श्र विनोद कुँवरले गरिरहनुभएको छ भने कोरियन स्किनकेयर उद्योगमा लामो अनुभव हासिल गर्नुभएका तथथा K-Beauty क्षेत्रका विज्ञ श्री Jae Ho Hur ले प्राविधिकज्ञान, अनुभव र उत्पादन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहनुभएको छ।

कम्पनीको दीर्घकालीन लक्षय नेपाललाई गुणस्तरीय कस्मेटिक्स तथा स्किन केयर उत्पादनको केन्द्रका रूपमाविकास गर्नु हो। ORA लाई दक्षिण एशियाबाट विश्व बजारसम्म पुर्याउने र अन्तराष्टिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य कम्पनीले राखेको छ।

कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्कटिड तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारीहरूकार्यरत छन्। औद्योगिक विकासले मात्र दीर्घकालीन आर्थिक समृद्धवि सम्भव हुन्छ भन्ने कम्पनीको विश्वासरहेको छ। त्यसैले ORA ले रोजगारी सिर्जना, सीप विकास, सरकारी राजस्व वृद्धि, GDP मा योगदीन तथाभविष्यमा निर्यात प्रवर्द्धनमार्फत नेपालको अर्थतन्त्रलाई सुदढ बनाउने प्रतिबद्धता जनाएको छ।

उत्पादनहरू आधिकारिक रूपमा बजारमा आएको यस अवधिमा नेपालभरका अधिकृत वितरक, होलसेलनेटवर्क, खुद्रा पसलहरू तथा विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत सहज रूपमा उपलब्ध छन्। यंसअवधिमा दशौं लाख प्रयोगकर्ताहरूसम्म पुगेकोमा कम्पनी उत्साहित हुंदे उपभोक्ताहरूले गुणस्तर,प्रभावकारिता तथा मूल्यको सन्तुलनप्रति देखाएको विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको छ।

विगत चार महिनामा प्राप्त उपभोक्ताको प्रेम, विश्वास तथा समर्थनले ORA लाई नेपाली बजारमा मजडुतरुपमा स्थाापित गरेको छ। कम्पनी सम्पूर्ण ग्राहक, वितरक, व्यावसायिक साझेदार, सञ्ञारकरमी तथाशुभच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

ORA को मूल उद्देश्य नेपाली उपभोक्तालाई गुणस्तरीय, सुरक्षित, प्रभावकारी र किफायती उत्पादनहर्ूउपलब्ध गराउनु हो। कोरियन अनुसन्धान, प्रविधि र कच्चा पदार्थको प्रयोग गरी नेपाली मौसम, जीवनशैलीतथा स्किनको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू विकास गरिएका छन्। यसले नेपालीउपभोक्तालाई विदेशी उत्पादनमा निर्भर हनुपर्ने अवस्थालाई कम गर्दे नेपालमे अन्तर्राष्टिय स्तरको विकल्पप्रदान गरेको छ।

कम्पनीले आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नेपाली चलचित्र क्षेत्रकी चर्चवित अभिनेत्री सुश्री परीक्षा लिम्बूसँगकोसहकार्यलाई पनि गौरवका साथ प्रस्तुत गरेको छ। उहाँको व्यक्तित्व, लोकप्रियता तथा सकारात्मक प्रभावलेORA ब्रान्डलाई अझ व्यापक रूपमा उपभीक्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीलेलिएको छ।

कम्पनीका अनुसार ORA केवल एउटा उत्पादनको नाम मात्र नभई भावनात्मक रूपमा उपभोक्तासँगजोडिएको विश्वास, गुणस्तर र आत्मविश्वासको ब्रान्ड हो।हामी विश्वास गछों कि नेपाली उद्योगको विकास केवलनिजी क्षेत्रको उपलब्धि मात्र नभई राष्टरको समग्र आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। ORAको यात्रा रोजगार सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन, विदेशी मुद्रा बचत, कर राजस्व वृद्धि तथा भविष्यमानिर्यात विस्तारमार्फत नेपालको समृद्धिमा योगदान पुर्याउने दिशामा केद्रित रहनेछ।

अन्त्यमा, ORA परिवार सम्पूर्ण उपभोक्ता, वितरक, खुद्रा व्यवसायी, साझेदार संस्था, सञ्ञार माध्यम तथाशुभेव्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। तपाईहरूले देखाउनुभएको विश्वास, माया र साथ नै हाम्रोप्रेरणा हो।आगामी दिनहरूमा अझ उत्कृष्ट, सुरक्षित र विश्वस्तरीय उत्पादनहरू नेपाली बजारमा उपलब्धगराउने प्रतिबद्धतासहित हामी अगाडि बढिरहेका छौं।

You May Also Like

More From Author

+ There are no comments

Add yours