काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा

२६ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । मंगलबार बसेको काठमाडौँ महानगरपालिका ५० औँ नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो ।

जेठको ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रस्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डङ्गोलले बताइन् ।

उनले भनिन् ‘काठमाडौँ महानगरपालिका नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धमा आगामी जेठको ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाको नगर सभाको १९ औ अधिवेशनको पहिलो बैठक बस्नेगरी अधिवेशन गर्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्दछु ।’

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । –

You May Also Like

More From Author

+ There are no comments

Add yours