०१ वैशाख, काठमाडौँ । द्वन्द्व अन्त्यका लागि लेबनन र इजरायलका राजदूतहरू आज (मंगलबार) अमेरिकामा भेटवार्ता गर्दै छन्।
बीबीसीले जनाएअनुसार अमेरिकाको राजधानी वासिङ्टनमा हुने छलफलमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो सहभागी हुनेछन्।
अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेटर र लेबननी राजदूत नादा हमादेह मोआदले विदेश मन्त्रालयमा रुबियोसँग वार्ता गर्नेछन्।
वार्ताको उद्देश्य दक्षिणी लेबननमा जारी द्वन्द्व अन्त्य गर्नु हो।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट अहिलेसम्म देशमा २ हजारभन्दा बढी मानिस मारिएका छन् भने ६ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अनि लाखौँ मानिस घर छाड्न बाध्य भएका छन्।
यसैबिच सोमबार हेज्बुल्लाह नेता नैम कासेमले इजरायलसँग गर्ने भनिएको बैठक रद्द गर्न लेबननलाई आह्वान गरेका छन्।
हेज्बुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ।


+ There are no comments
Add yours