प्रधानमन्त्री बालेन्द्रसँग सबैभन्दा बढी सुन, सोविता र गौरीकुमारीसँग हिरा

३० चैत, काठमाडाैँ । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार मन्त्रीहरूको सम्पत्तिमा सुन, चाँदी र हीरा जस्ता बहुमूल्य धातुहरूको राम्रो उपस्थिति देखिएको छ।

विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी १९० तोला सुन रहेको छ, जसको स्रोत उनले पैतृक बताएका छन्। त्यस्तै, मन्त्री गौरीकुमारी यादवसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हीरा रहेको देखिएको छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाली गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक गरिएको यो विवरणमा अधिकांशले गहनाको मुख्य स्रोत पैतृक सम्पत्ति र विवाह उपहारलाई जनाएका छन्।

केही मन्त्रीहरूको हकमा भने सुन र चाँदीको स्रोत खुलाइएको छैन। यो विवरणले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता झल्काउने विश्वास गरिएको छ।

कसको गहना कति?

-बालेन्द्र शाह (प्रधानमन्त्री): १९० तोला सुन (स्रोत: पैतृक)
-गौरीकुमारी यादव: १८० तोला सुन, २ किलो चाँदी र २ सेट हीरा
-सुदन गुरुङ: ८९ तोला सुन र ६ किलो चाँदी (स्रोत: पैतृक)
-रामजी यादव: ८० तोला सुन र १५० तोला चाँदी
-डा. स्वर्णिम वाग्ले: ४५ तोला सुन (स्रोत: पारिवारिक तथा रोजगारी)
-सुनिल लम्साल: ३० तोला सुन र ४० तोला चाँदी
-निशा मेहता: ३० तोला सुन र ५० तोला चाँदी
-सस्मित पोखरेल: २५ तोला सुन र १०० तोला चाँदी
-प्रतिभा रावल: २५ तोला सुन
-शिशिर खनाल: २२ तोला सुन र २५ तोला चाँदी
-सिता वादी: १८ तोला सुन र १५ तोला चाँदी
-सोविता गौतम: १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा
-बिराजभक्त श्रेष्ठ: १५ तोला सुन र ५० तोला चाँदी (स्रोत: पैतृक र विवाह)
-खडक राज पौडेल: ११ तोला सुन र ५ तोला चाँदी
-विक्रम तिमल्सिना: ६ तोला सुन र १० तोला चाँदी
-गीता चौधरी: ५ तोला सुन र १०० तोला चाँदी

You May Also Like

More From Author

+ There are no comments

Add yours