अब सर्वोच्च अदालत पनि दुई दिन बन्द हुने, नयाँ कार्यालय समय लागू

२३ चैत, काठमाडौँ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वाेच्च अदालतले पनि बिदा दिने भएकाे छ । साेमबार बसेकाे अदालतकाे पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेकाे छ ।

यस्तै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म साथै कार्तिक १६ गते देखि माघ १५ गतेसम्म अपराह्न ४ बजेसम्म कायम हुने छ। यसअघि सरकारले दुई बिदा सँगै कार्यालय समयबारे निर्णय गरेकाे थियाे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours