२२ चैत, काठमाडाैँ। अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो ।
‘सरकारले बिदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोलिनेछ,’ नेप्सेका एक सञ्चालकले भने, ‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ । शुक्रबार खोल्न कुनै समस्या छैन, प्रक्रिया पूरा गर्दा मात्र हुन्छ ।’
बजार ५ दिन नै खुल्ने गरी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ ।
आजै मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।


+ There are no comments
Add yours