नेपालगञ्जमा एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरूङको जलाए पुत्ला

१४ चैत, नेपालगञ्जमा । पूर्वप्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले बाँकेमा प्रदर्शन गरेको छ।

नेपालगञ्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाइएको हो।

नेपालगञ्जस्थित पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्‍याली बिपी चोकमा पुग्दा गृहमन्त्री गुरूङको पुत्ला जलाएको थियो।

उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी गरेका थिए।

उनीहरूले सडकमा टायरसमेत बालेका थिए। त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताका बीचमा केहीबेर धकेलाधकेल पनि भएको थियो।

एमाले बाँकेले १९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours