ऋषि धमलालाई शून्य भोट ! कहाँ हरायो मत ?

२२ फागुन, काठमाडौँ । चुनावी प्रचारमा सबैभन्दा उग्र र आक्रामक देखिएका ऋषि धमलाले हालसम्म एक भोट पनि नपाएको पाइएको छ । धमला उम्मेदवार बनेको रौतहट-४ को मत गणनाको प्रारम्भिक नतिजा अनुसार धमलाले शून्य भोट पाएका हुन् ।

हालसम्म धमलाको चुनाव चिन्ह ‘मोबाइल’मा एक भोट पनि नपरेको बताइएको छ । यद्यपि धमलाको प्रभाव रहेको स्थानको मत गन्नै बाँकी रहेको दाबी धमला निकटहरुले गरिरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours