चन्द्र ग्रहण के हो?यसको धार्मिक महत्व!शास्त्रमा भनिएको छ-:

१८ फागुन, काठमाडौँ।

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्तिच ।
ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्य सचराचरम् ।।

अर्थात-ग्रहहरुले नै राज्य (सुख–सुविधा र सत्ता) प्रदान गर्दछन् र ग्रहहरुले नै राज्य खोसेर पनि जान्छन् ।यो समस्त चराचर (सजीव र निर्जीव) तीनै लोक ग्रहहरुद्वारा नै व्याप्छ छ ।

मिति २०८२ साल फागुन १९ गते मंगलबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि साँझ ५ / ०१ वजेसम्म त्यस उप्रान्त चैत्रकृष्णपक्ष प्रतिपदा तिथि आरम्भ हुने र ये दिनको अपराह्न: ३ / ३४ वजेबाट खग्रास चन्द्र ग्रहण स्पर्श भारत लगायत एसिया, अष्ट्रेलिया र उत्तर अमेरिकाको पश्चिमी भागबाट देखिने भएतापनी नेपाली आकाशमा भने साँझ ६ / ०३ बजे चन्द्र उदय भएर खण्डग्रास ग्रहण देखिने छ।यो ग्रहण सकिने राती ७ / ०२ बजे हुनाले नेपालमा ५९ मिनेट ग्रहण देखिने छ।त्यसैले यो दिन प्रात: ९ / ०३ बजे देखी भोजन निसेध गरिएको छ।तर रोगी, आतुर ,वाल ,वृद्धहरूलाई ग्रहण लाग्नु ३ घन्टा अगि र ३ घन्टा पछी भोजन निसेध र अरू समय भोजन गर्नु मिल्दछ। त्यसैले

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।

अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

यो ग्रहणमा पूर्वफाल्गुनी नक्षत्रका साथै सिंह राशिका व्यक्तिहरूलाई अतिकष्ट हुने भएकोले विचार गर्नु पर्दछ।
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ।खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो।ग्रहण औंसी र पूर्णिमामा लाग्छ।चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ।यस स्थितिअनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो।यसअर्थले पनि चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ।ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ।ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाईन्छ।वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन।त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।

पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत ग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।‘ग्रहणको समय सबै स्थानका जल गङ्गाजल समान पवित्र हुन्छन्।सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा।

वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसँग मेल खान्छन्।अर्थात् सूर्य र पृथ्वी सँग एकै सरल रेखामा पर्छन्।यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्।त्यसबेला ग्रहण हुन्छ।ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको ।त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चांगहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन्।

ग्रहणको समयमा भोजन।

सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ।
धार्मिक शास्त्र अनुसार मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकुल समेत हुने बताइएको छ ।यस्तोमा चन्द्रमामा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिंदै आएको छ।
यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ।ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ। ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ।यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ ।

ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?

पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ ।ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ ।किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् ।यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न कामहरू –
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।
२ भोजन नगर्ने
ग्रहण लागेको

You May Also Like

More From Author

+ There are no comments

Add yours