सकियो हिउँद, सुरु भयो ‘प्रि-मनसुन’

१७ फागुन, काठमाडौँ । आजदेखि हिउँदयाम अर्थात् विन्टर सिजन सकिएर प्रिमनसुन सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अनुसार फेब्रुअरी महिना सकिएर मार्च १ सुरु भएसँगै नेपालमा प्रिमनसुन सिजन सुरु भएको हो। प्रिमनसुन भनेको मनसुन अर्थात् बर्खायाम भित्रिनुभन्दा अघिको सिजन हो।

‘अब मनसुन सुरु नहुँदासम्म यही सिजन रहन्छ। यो सिजनमा चाहिँ हावाहुरी मेघगर्जन चट्याङसहित वर्षा हुने हुन्छ, तर प्रिमनसुन लाग्नेबित्तिकै आजैदेखि त्यस्तो हुन्छ भन्ने होइन। अब बिस्तारै मौसम त्यसतर्फ जान्छ’, उनले आइतबार बिहान नेपालखबरसँग भने।

उनका अनुसार प्रिमनसुनमा बिस्तारै तापक्रम पनि बढ्दै जान्छ।

‘तापक्रम बढ्दै जाने बिहान सफा रहेको मौसम साँझपख बादल लाग्ने र मेघगर्जन हावाहुरीसहित क्षणिक वर्षा हुने हुन्छ। निरन्तर वर्षा भने हुँदैन’, मौसमविद् ढकालले भने।

You May Also Like

More From Author

+ There are no comments

Add yours