फेरि उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

१२ फागुन, काठमाडाैँ । आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा उक्लिएको हो।

यद्यपि यो सुरुवाती मापन हो। आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ। हिजो (सोमबार) भने सुरुवाती मापनमा ९.० डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि यही कायम भएको थियो।

आइतबार काठमाडौँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस थियो भने शनिबार ७.५ डिग्री सेल्सियस थियो। त्यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ।

फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। यद्यपि हिउँद याम सकिन लागेकाले समग्रमा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

यस्तो थियो सोमबार तापक्रम सूची

You May Also Like

More From Author

+ There are no comments

Add yours