पाँच महिनापछि कोटेश्वरको भाटभटेनी आजदेखि पुनः सञ्चालनमा

२४ माघ, काठमाडौँ। भदौ २४ गते आगजनी भएर क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर आज (शनिबार)देखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनीले जारी गरेको विज्ञप्तिमा आगजनीबाट क्षतिग्रस्त स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर शाखा पुनः सञ्चालनमा ल्याएको घोषणा गरिएको छ।

कम्पनीले कठिन घडीमा साथ, सहयोग र धैर्य देखाएको ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।”देशभरका २० वटा भाटभटेनी सुपरस्टोरमा क्षति पुगेकोमा पहिलोपटक कोटेश्वर शाखा पुनः सञ्चालनमा आएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours