नेप्सेमा गरिमा विकास बैंक र सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत

२३ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको ६ प्रतिशत र सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

गरिमा विकास बैंकको बोनस शेयरवापत ३४ लाख ८ हजार ३१९ दशमलव ४० कित्ता शेयर सूचीकृत भएको छ भने सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरवापत ११ लाख २ हजार ५०० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सूचीकृत यी शेयर आगामी आइतवारदेखि कारोबारयोग्य हुनेछन् । तर, सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा शेयर जम्मा भएपछि मात्र ती शेयर किनबेच गर्न सकिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours