भारतको नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट, ७ जनाको मृत्यु, ३० घाइते

२९ कार्तिक, काठमाडाैँ । भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट हुँदा ७ जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार राति करिब ११:२२ बजे विस्फोट भएको हो। विस्फोट भएको ठाउँबाट लगभग ३०० फिट टाढा मानव शरीरका अंगहरू फेला परेका छन्। सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरूको विवरणमा विस्फोटपछि धुवाँ र आगो आकाशमा उडिरहेको देखिन्छ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ। अझै पनि भग्नावशेषमुनि धेरै मानिसहरू फसेको आशंका गरिएको छ। निरन्तर र साना विस्फोटहरूका कारण उद्धार टोलीहरू लगभग एक घण्टासम्म भित्र पस्न सकेका थिएनन्।

प्रहरी स्रोतका अनुसार अनुसन्धान एजेन्सीहरूले घटनाको दुई प्रमुख कोणबाट अनुसन्धान गरिरहेका छन्। जसअनुसार प्रहरी चौकी भित्र राखिएको लगभग ३६० किलोग्राम अमोनियम नाइट्रेट विस्फोटक पदार्थ मजिस्ट्रेटको उपस्थितिमा सिल गर्ने क्रममा विस्फोट भएको आशंका गरिएको छ। अर्को भनेको आतंकवादी हमला हुनसक्ने आशंका गरिएको छ।

के दिल्लीको लाल किल्ला विस्फोटसँग कुनै सम्बन्ध छ?

नौगाम विस्फोटपछि सुरक्षा एजेन्सीहरूले जम्मू कश्मीरभरि उच्च सतर्कता जारी गरेका छन्। यस हप्ताको सुरुमा दिल्लीको लाल किल्ला नजिकै भएको शक्तिशाली कार बम विस्फोटमा १३ जनाको मृत्यु भएपछि यो घटना भएको हो। सरकारले विस्फोटलाई “आतंकवादको जघन्य कार्य” भनेर वर्णन गरेको छ र अनुसन्धान एजेन्सीहरूलाई “अधिकतम प्राथमिकता” मा काम गर्न निर्देशन दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours