२९ कार्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि स्वदेश फर्किएका छन् ।
उनीहरुलाई गएराति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेताले स्वागत गरेका थिए । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते भएका देउवा दम्पत्ति यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर गएका थिए ।


+ There are no comments
Add yours