पाकिस्तानको पञ्जाबमा बाढीबाट १७ जनाको मृत्यु, १४ लाख मानिस प्रभावित

१४ भदाै, काठमाडाैँ । पाकिस्तानको पञ्जाबमा बाढीबाट १४ लाख मानिस प्रभावित भएका छन् । रवि, चेनाब र सतलज नदीमा पानीको बहाव बढेका कारण यी मानिसहरू प्रभावित भएका हुन् ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले भारतबाट आउने वर्षा र पानीका कारण अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ।

लाहोरका धेरै क्षेत्रहरू पानीमा डुबेका छन् । बाढी प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

रवि नदीको पानी अब किनारमा बस्ने मानिसहरूको घरमा पस्न थालेको छ ।

पञ्जाब प्रहरीले बाढीबाट प्रभावित ६२ हजारभन्दा बढी मानिसहरू र ५० हजारभन्दा बढी जनावरहरूलाई सुरक्षित स्थानमा लगिएको बताएको छ।

अधिकारीहरूले चेनाब र रवि नदीमा बाढीको चेतावनी जारी गरेका छन् । पाकिस्तानमा बाढीको सबैभन्दा बढी प्रभाव सियालकोटमा देखिएको छ।

पञ्जाबका अधिकारीहरूले हालसम्म प्रान्तका विभिन्न क्षेत्रमा बाढीका कारण १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बाढी र वर्षाबाट प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी शैक्षिक संस्थाहरू बन्द छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours