बाल संसार माध्यमिक विद्यालयलाई निसानद्वारा सम्मान

२१ साउन, काठमाडौँ। राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित एसईई (२०८१) सम्मान समारोह–२०८२ मा बाल संसार माध्यमिक विद्यालय, गोकरणेश्वर–०७, माकलबारीलाई प्रशंसा पत्र प्रदान गरिएको छ।

निसानमा आबद्ध सदस्य विद्यालयहरूमध्ये बाल संसार माध्यमिक विद्यालयले औसत GPA 3.782 प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकोमा विद्यालयलाई यो सम्मान प्रदान गरिएको हो।

कार्यक्रम काठमाडौंमा सम्पन्न भएको थियो, जहाँ निसानका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा शिक्षाविद्हरूको उल्लेख्य उपस्थिति रहेको थियो। निसानले यस्ता कार्यक्रममार्फत सदस्य विद्यालयहरूलाई प्रोत्साहित गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्य राखेको जनाएको छ।

विद्यालयका प्रिन्सिपल तेज राईले यो सम्मान सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको फल भएको बताए। उहाँले भने, “विद्यार्थीहरूको कठिन मेहनत, अभिभावकहरूको निरन्तर सहयोग र समर्पित शिक्षक–शिक्षिका टिमको अथक योगदानले आज हामीले यो सम्मान पाएका हौं। आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने हाम्रो दृढ प्रतिबद्धता छ।”

यसै अवसरमा बाल संसार माध्यमिक विद्यालयका श्री प्रसुन तिम्सिनालाई “निसान शिक्षा रत्न सम्मान २०८२” बाट समेत सम्मानित गरिएको छ। उहाँले निसान सदस्य विद्यालयमा शिक्षक/कर्मचारीको रूपमा आबद्ध रही उच्च पेशागत मूल्य, आचरण र समर्पणको उदाहरणीय पहिचान स्थापित गर्दै संस्थामा शैक्षिक उत्कृष्टता कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा निसान परिवार अत्यन्त गौरवान्वित भएको जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours