२९ असार, काठमाडौं। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिम म्यानेजरसहित सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक पनि नियुक्त गरेको छ ।
सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त भएका छन्।
तीनै जना पदाधिकारीलाई एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
यसअघि नेपाली यू–१७ महिला टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ नियुक्त भइसकेका छन् ।


+ There are no comments
Add yours