राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

१५ असार, काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् ।

रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।

आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours