०७ जेठ, काठमाडौं । कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।
बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा चुचुरोमा पुर्याएकी थिईन् ।
यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर पनि सगरमाथाको चुचुरोमा पुर्याएकी थिइन् ।
नेपालकी पहिलो महिला प्रहरी अधिकृत समेत रहेकी शेर्पाले ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं!’ भन्ने नारासहितको ब्यानर पनि फहराइन् ।


+ There are no comments
Add yours