परराष्ट्रमन्त्री राणा थाइल्याण्ड हुँदै जापान प्रस्थान

०६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् ।

मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।

जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ ।

सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours