अब काठमाडौं प्रहरीमा दुई जना एसपी

२२ माघ, काठमाडौं । राजधानीको सुरक्षा जिम्मेवारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा रहने यो कार्यालयमा दुई जना एसपी पठाएको हो ।

हालै भएको सरुवामार्फत काठमाडौं प्रहरीमा अपिलराज बोहोरा र कुलदीप चन्द काठमाडौं पठाइएका छन् ।

राजधानीलाई सुरक्षाको दृष्टिकोणले अझ मजबुद बनाएर लैजान संगठनले दुई जना एसपीको आवश्यकता महसुस गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

केहीअघि प्रहरीको आन्तरिक समितिले समेत काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) राख्न सिफारिस गरेको थियो । एसपीका रुपमा सरुवा भएका बोहोरा र चन्दले डीएसपी छँदा काठमाडौं प्रहरी अन्तरगतको प्रहरी वृत्तको नेतृत्व गरिसकेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours