१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो

२६ कार्तिक, इलाम । पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ ।

ठुलो दाना भएको भार्लाङ जातको अलैंची आज प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो ।

अलैंचीको मुुख्य कारोबार हुने विल्याँटे बजारका अलैंची व्यापारी समेत रहनुु भएका पौड्यालले १२ वर्षपछि आज अलैंची एक लाख रुपियाँका दरले कारोबार भएको बताउनुभयो । अलि साना दाना भएको अन्य जातको अलैंची भने प्रतिमन ९५ हजार रुपियाँदेखि ९९ हजारसम्म कारोबार भएको पौैैैड्यालले बताउनुभयो ।

‘किसानले राम्रोसँग सुकाएर राखेको, पुच्छर काटेको अलैंचीको अझै मूूल्य बढ्न सक्ने सम्भावना छ’ पौड्यालले भन्नुुभयो, ‘अलैंची जति राखे पनि बिग्रंदैन, असार–साउनमा टिपेर राम्रोसँग सुकाएर राखेको अलैंची आउँदो चैत महिनातिर बिक्री गर्दा पनि फरक पर्दैन । यसपटक किसानहरुले आफैं राम्रो मूूल्य हात पारेका छन् ।’

एक लाख रुपियाँ प्रतिमनका दरले अलैंची बिक्री गर्न पाउँदा अलैंची खेती गर्न उत्साहित भएको सन्दकपुर –२ का किसानकुमार पौड्यालले बताउनुभयो । ‘यसअघि अलैंची बिक्री गरिसकेपछि मात्र अलैंचीको भाउ आउँथ्यो । यस पटक भने किसानको घरमै अलैंची हुँदा मूल्य आएको छ’ पौड्यालले भन्नुुभयो, ‘अन्य खेतीबालीभन्दा अलैंचीबाट धेरै फाइदा हुुने रहेछ ।’

पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुुङ, तेह्थुम, धनकुटा, संखुवासभा लगायतका जिल्लामा अलैंची खेती हुने गरेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुुसार चालु वर्ष २०८१–८२ को पहिलो तीन महिनामा सातसय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours