रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

०३ कात्तिक, काठमाडाैँ। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनलाई राति करिब २:४५ बजेतिर प्रहरी कार्यालयमा प्रवेश गराइएको थियो। लामिछानेलाई त्यहाँ पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए।

लामिछानेलाई अब अदालतमा उपस्थित गराइनेछ र प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनेछ। आज शनिबार भएकाले उनलाई भोलिमात्र कास्की जिल्ला अदालतमा उपस्थित गराइनेछ।

स्थलमार्गबाट लैजाँदा बाटोका केही स्थानमा सहकारी पीडितले र केही स्थानमा रास्वपा कार्यकर्ताले उनको पक्ष र विपक्षमा नाराबाजी गरेका थिए।

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ। उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours