Advertisement

कुमारी बैंकको नयाँ वर्ष अफर : आईफोन १५ जित्ने मौका

0 9

Advertisement

०२ वैशाख, काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकका लागि डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्देश्यका साथ एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो योजना सञ्चालन गरेको हो ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् ।

साथै यो अभियानको अवधि १ वैशाखदेखि ३१ वैशाखसम्म रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.