Advertisement

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षमा नयाँ भ्वाइस तथा डाटा प्याकेज

0 9

Advertisement

३० चैत, काठमाडाैं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो ।

यस अनुसार १८ रुपैयाँमा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध गराएको ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने २ घण्टा अनलिमिटेड डाटा प्याक उपलब्ध छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।

नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध छ ।

नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा १ घण्टा भ्याइस र डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिन सम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक ३९९ रुपैयाँमा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ । जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ । स्प्रिङ अफर आज (२०८० चैत ३०) देखि लागु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.