Advertisement

पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

0 6

Advertisement

३० चैत, काठमाडँ । आज पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगमा वर्षाको सम्भावना देखिएको हो।

पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी र मधेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.