Advertisement

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

0 6

Advertisement

२५ चैत, काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।


चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।


आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ ।


निर्वाचन आयोगले शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो । आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन् ।

बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । जसमध्ये एक महिला र ११ पुरुष रहनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.