Advertisement

यो सरकार केही महिनामा ढल्छ: शंकर भण्डारी

0 10

Advertisement

२४ चैत,दाङ। नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्।

उनले केही महिनामै वर्तमान सरकार ढल्ने दाबी गरे।

‘केही महिना भित्रै नेपाली काग्रेस र नेकपा एमाले बीचमा गठवन्धनको नयाँ सरकार बन्छ, यो सरकार आफ्नै कारण हनिमुन पिरियड नसकिँदै ढल्छ,’ उनले भने।


स्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको र विभिन्न तत्वहरूले खेल्ने मौका पाएकाले कांग्रेस र एमाले मिलेर सरकार चलाउन आवश्यक रहेको पनि भण्डारीले बताए।

‘पछिल्नो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृष्यहरु देखा परिरहेका छन्,’ नेता भण्डारीले भने ‘ त्यसका लागि दुई ठूला राजनीतिक शक्तिका बीचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्न जरुरी छ।’

नेपाली काग्रेस र नेकपा एमाले फरक राजनीतिक विचारबाट प्रभावित भएपनि सरकार संचालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.