Advertisement

रात्रिकालीन व्यवसायमा नयाँ नियम : मापसे गरेर अचेत भएका ग्राहकलाई व्यवसायीले घर पुर्‍याइदिनुपर्ने

0 12

Advertisement

२३ चैत, काठमाडौँ ।ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा गृहमन्त्रालयमा आज सरोकारवालासँग छलफल गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतले जानकारी गराए ।

जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ । जसमा श्रमिकको नाम थर ठेगानासहितको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिले सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सुरक्षा तथा मापदण्ड व्यवस्था गर्दै बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको छ । जसमा अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा प्रदर्शन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सीसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।

व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिगलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिगलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.