Advertisement

अन्तर्राष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सव सम्पन्न

0 4,468

Advertisement

१९ चैत, काठमाडौँ । पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । लघु फिल्मतर्फ भने रंगकर्मी मोहन अभिलाषीद्वारा निर्देशित ‘घुर्रा’ले अवार्ड जित्यो ।

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’बाटै अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । त्यस्तै अभिनेतातर्फ ‘महापुरुष’बाट हरिवंश आचार्यले अवार्ड उचाले । यही फिल्मबाट निर्देशनमा प्रदीप भट्टराई उत्कृष्ट निर्देशक घोषित बने । त्यस्तै, ‘छक्का पञ्जा ४’बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले जुरी मेन्सन पाइन् ।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक फिल्ममा ‘थिम’, वातावरणीयमा ‘दिअर ईज नो टुमारो’, डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला फिल्म ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल फिल्ममा ‘ईअर्ली होम’ले अवार्ड पायो । त्यस्तै स्पेसल जुरी मेन्सनतर्फ ‘जर्ना’ र ‘युवराज’ले अवार्ड उचाल्यो । लघु फिल्मतर्फ ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए ।

महोत्सवमा विभिन्न विधाका राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मलाई अवार्ड वितरण गरिएको थियो । अन्तर्राष्ट्रियतर्फ भारतको ‘मुझे स्कुल नही जाना’ र लघुतर्फ बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पायो । बंगलादेशको प्रसुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । महिला फिल्मतर्फ पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय फिल्ममा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार फिल्ममा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माइल्स गन’ले अवार्ड प्राप्त गर्‍यो ।

अभिनेत्री आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, निर्देशक मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान राष्ट्रियत फिल्मतर्फको निर्णायक थिए । त्यस्तै, अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए । यो महोत्सवको निर्देशक हुन् सन्तोष सुवेदी ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.