Advertisement

वसन्तपुरमा ‘कमिलासरी’ मान्छे

0 46

Advertisement

११ चैत, काठमाडौं । काठमाडौंको वसन्तपुरमा आपसमा रङ दलेर होली मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो।

आइतबार दिउँसो वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा मानिसहरू भेला भएर आपसमा रङ दलेर उमंग साटिरहेका छन्।

वसन्तपुर, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ। आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।

केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने पछिल्लो समय सभ्य बन्दै गएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

वसन्तपुरको होलीमा आइतबार विगतका वर्षहरूमा जस्तै ‘कमिलासरी’ मानिसहरू भेला भएर हर्षोल्लासका साथ होली मनाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.