Advertisement

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने

0 39

Advertisement

०६ चैत, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छिन् । गहनासम्बन्धी रनवेमा आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवमा हुने ज्वेलरी फेसन रनवेका लागी अभिनेत्री फर्नान्डिज नेपाल आउन लागेकी हुन्।

आरबी डायमण्ड ज्वेलर्स काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिने जनाएको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनका अनुसार सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने जनाइएको छ ।

यो कार्यक्रमबारे सार्वजनिक गरिएको भिडियो सन्देशमा ज्याकलिनले आफू नेपाल आउन लागेकोमा उत्साहित रहेको बताएकी छन् । ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रममा व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई नियुक्त गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.