Advertisement

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

0 14

Advertisement

२६ फागुन, काठमाडाैं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।

स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन्। नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनीहरुले अब विशिष्टीकृत सेवा सञ्चालन तर्फ जोड दिने बताए।

कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा भोला रिजाल, प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्राडा प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डा साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा राजेशकिशोर श्रेष्ठ, प्राडा माेदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायतले झण्डोत्तोलन कार्यक्रममा सहभागी भए।

झण्डोत्तलोन सँगै कलेजले सो अवसरमा भर्ना भएका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको छ। कलेज प्रशासनले बिरामी भएर अस्पतालको विभिन्न वार्डहरुमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफूल वितरण गरेको छ।

२ वर्षअघि कलेजलाई नयाँ उचाईमा पुर्‍याउन वीरगञ्जका सफल मेडिकल व्यवसायी, सर्जन प्राडा जैनुद्धिन अन्सारीको टीमको प्रवेश भएको थियो। उनको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ। कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरु थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताइन्।

२ वर्षको अवधिमा अस्पताल सेवा तर्फ इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरुलाई गुणस्तरीय बनाइएको डाइरेक्टर डा यासमिनको भनाई छ। यससँगै कलेजमा ब्लड बैंक स्थापना समेत गरिएको छ। स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरु थप गरिएको, नयाँ उपकरणहरु थप गरिएको, अत्याधुनिक डायलाइसिसस सेवा सुरु गरिएको छ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरु समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरुको विस्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्राडा अन्सारीको भनाई छ। ‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रुपमा उभ्याउन सक्रिय छौं। स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो। यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं’ डा अन्सारीले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.