Advertisement

बैतडीमा हिमपातले जनजीवन प्रभावित

0 31

Advertisement

२१ फागुन, बैतडी । बैतडीमा तेस्रोपटक पटक हिमपात भएको छ । दुईदिनदेखिको वर्षापछि सोमबार बिहान हिमपात भएको हो ।

बैतडी जिल्लाको दशरथचन्द, जयपृथ्वी, महाकाली राजमार्गको विभिन्न क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड, सतबाँझ, धरमघरलगायतका स्थानमा हिमपात भएको हो । हिमपातका कारण राजमार्ग भने अवरुद्ध नभएको ट्राफिक प्रहरी पोष्ट खोडपेले जनाएको छ ।

यसैबीच हिमपात र वर्षाभएसँगै बालीनाली सप्रिने भन्दै यहाँका कृषक खुशी भएका छन् । हिमपातले चिसो बढेका कारण जनजीवन भने प्रभावित भएको छ ।

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसोबाट बच्न तातो झोलिलो खानेकुरा खान र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । यसअघि बैतडीमा दोस्रोपटक फागुन १० गते र माघ १८ गते पहिलोपटक हिमपात भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.