Advertisement

१६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

0 29

Advertisement

१८ फागुन, काठमाडाैं । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।

सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । हिजोदेखि शुरु भएको प्रतियोगितामा भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.