Advertisement

राष्ट्र बैंकको सहयोगमा विभागले सहकारी संस्थाको अनुगमन गर्ने

0 37

Advertisement

१२ फागुन, काठमाडौं । सहकारी विभागले राष्ट्र बैंकको सहयोगमा सहकारी संघ-संस्थाहरूको अनुगमन नियमन गर्ने भएको छ । खासगरी, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको वित्तीय स्थिति अनुगमन गर्नेगरी विभागले राष्ट्र बैंकसमक्ष सहयोगका लागि अपिल गरेसँगै बैंकले प्रतिनिधि पठाउन तयार भएको हो ।

सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले तीनजना प्रतिनिधि उपलब्ध गराएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । योसँगै अबको केही दिनमा नै सहकारी अनुगमनको काम थालनी गरिने समेत उनले बताए ।

सहकारी संस्था अनुगमन तथा नियमनको नेतृत्वको जिम्मेवारी विभागका उपरजिष्ट्रारलाई प्रदान गरिएको छ । जसअनुसार विभागमा कार्यरत लेखा उपसचिव र दुई उपरजिष्ट्रारको नेतृत्वमा तीनवटा अनुगमन समूह बन्नेछ । ती तीनवटै समूहमा एक–एकजना राष्ट्र बैंकबाट आएका प्रतिनिधिहरू रहने गरी टिम फर्मेशन भएको उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए ।

सहकारी अनुगमन नियमनको मोडालिटी भने हालसम्म यकिन हुन सकेको छैन । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ अनुसार नै अनुगमन हुने उपरजिष्ट्रार उपाध्यायको भनाइ छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा व्यापक वित्तीय विकृति मौलाएपछि सहकारी क्षेत्रको सुधार एवम् नियमनमा सरकारमाथि दबाब परेको छ । यसका लागि बैंक तथा वित्तीय क्षेत्रजस्तै सहकारीलाई पनि राष्ट्र बैंकले नै अनुगमन नियम गर्नुपर्ने माग उठेपछि सरकारले यसको जिम्मेवारी राष्ट्र बैंकलाई नै दिन लागेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.