Advertisement

गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम

0 36

Advertisement

०३ फागुन, काठमाडाैं । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनःस्थापित गरेकी छिन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयको समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ रेकर्ड स्थापित गरेकी छिन् ।

गौरिकाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अव नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा भोलि शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.