Advertisement

करण र आरिफको उत्कृष्ट ब्याटिङमा पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

0 23

Advertisement

१७ माघ, काठमाडौं । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भयो । पिचको कारण खेल ढिलो सुरु हुँदा खेल ३८–३८ ओभरमा झारिएको थियो ।

पुलिसका कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए । आज दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदा आरिफले टोलीको कप्तानी गरेका छन् ।

करण केसीले २७ बलमा ५ चौका र ५ छक्कासहित ५७ रनको विष्फोटक इनिङ खेले ।

कुशल भुर्तेल ४२ बलमा ७ चौका र १ छक्कासहित ४८, दीलिप नाथ २, अर्जुन साउद २४, शंकर राना शून्य, राशिद खान १२ र रोशन बुढाल १० रनमा आउट भए ।

लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । वीर मगरले ७.३ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले १–१ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.