Advertisement

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

0 22

Advertisement

१६ माघ, भरतपुर । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी÷पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.