Advertisement

खल्तीले डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै

0 18

Advertisement

१२ माघ, काठमाडाैं । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज शुक्रबार आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजिवन सहज बनाईरहेको छ ।

खल्तीको डिजिटल भुक्तानी सेवाबाट १ लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा लाभान्वित भईरहेका छन् । आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था र १ हजार ५०० भन्दा बढी सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ , मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.