Advertisement

नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउने पहल भइरहेको छ – अध्यक्ष भुवन केसी

0 22

Advertisement

०२ माघ, काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । स्वदेशी फिल्म निर्माणमा विदेशी लगानी भित्रियो भने मात्र अन्तर्राष्ट्रिय स्तरमा महँगा फिल्मसँग नेपाली फिल्मले भिड्न सक्ने उनको धारणा रहेको थियो ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को घोषणा कार्यक्रममा बोल्दै केसीले विदेशी लगानी भित्र्याउन आफूबाट कोसिस भइरहेको जानकारी दिए ।

‘विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ’ केसीले भने ‘शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल हुन्छ ।’ लगानी भित्रियो भने चलचित्र निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट र वातावरण बनाउन सजिलो हुने उनको धारणा रहेको थियो ।

‘एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठुलो कुरा चलचित्रको नीति हो’ भुवनले थपे ।

कार्यक्रममा अभिनेता प्रदीप खड्का, नीर शाह लगायतले नीफ महोत्सवको महत्वको र नेपाली फिल्मी बजारको विषयमा धारणा राखेका थिए । नीफमा यो पटक ४० देशका ८८ फिल्म देखाइनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.