Advertisement

सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

0 26

Advertisement

२३ पुस, झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।

“२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।” उहाँ मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ । “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उहाँले भन्नुभयो । सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा ९डोले० मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताउनुभयो । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताउनुभएको छ । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताउनुभयो ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उहाँहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउनुभयो । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्कनुभयो । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया जानुभएको थियो भन्ने बारेमा उहाँका बुबा र आमाले बताउन सक्नुभएन । तर, मेनपावर कम्पनीसम्म पु¥याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.