Advertisement

राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै

0 19

Advertisement

२३ पुस, काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ।

आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ।

संघीय संसद्‌को माथिल्लो सदन (राष्ट्रिय सभा)का १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधिक आगामी फागुन २० गतेदेखि सकिँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रपतिबाट मनोनित बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो।

यसपटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले साझा उम्मेदवार उठाउने भएका छन्। नेकपा एमाले भने एक्लै चुनाव लड्नेछ।

सत्तारुढ गठबन्धनमा सिटहरुको बाँडफाँट समेत भइसकेको छ। गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने समझदारी बनेको छ। गठबन्धनको दल नेकपा माओवादी केन्द्रले ६ जना उम्मेदवारको टुंगो लगाइसकेको छ। कांग्रेसले भने सोमबारै उम्मेदवार टुंग्याउने बताइएको छ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै सिटका लागि उम्मेदवारको टुंगो लगाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.