Advertisement

एमजी जेडएस ईभी चार्जिङका क्रममा आगलागी, गाडी जलेर नष्ट

0 60

Advertisement

१७ पुस, काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागीबाट नष्ट भएको पाइएको छ । एक साता अघि अर्थात् यही ९ पुसको राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।

यो घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको स्थानीय प्रहरीले जनाएको छ । बागमती प्रदेश-०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो ।

पार्किङका क्रममा चार्जमा लगाइएको उक्त गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति हुन नपाएको काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर योगराज खतिवडाले बताए ।

प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

गाडी धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो ।

तर सवारी धनी लामिछानेले भने यस विषयमा खासै कुरा गर्न चाहेनन् । “अहिले गाडीमा आगलागी भएको विषयमा कम्पनीसँग कुराकानी भइरहेको छ,” उनले भने, “शर्ट भएर आगलागी भएको होइन, कारण अर्कै छ ।”

आगलागीको विषय मेरो परिवार र बिक्रेता कम्पनी बाहेक अरू कसैलाई थाहा नभएको बताउने लामिछानेले सो कारण खुलाउन चाहेनन् ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । गाडीमा भएको आगलागीको विषयमा बुझ्न पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसँग समेत सम्पर्क गरेका थियै । तर उनले भने यो विषय आफ्नो जानकारीमा आइनपुगेको दाबी गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.