Advertisement

सिडिएस एण्ड क्लियरिङ्गको शतप्रतिशत लाभांश

0 21

Advertisement

०६ पुस, काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ३० करोड रुपैयाँ बराबर (शतप्रतिशत) लाभांश वितरण गर्ने भएको छ । पुस २६ गते गर्ने आह्वान गरिएको तेह्रौं वार्षिक साधारण सभाबाट कम्पनीले चुक्ता पुँजी बराबर नै लाभांश वितरण गर्ने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पुस २६ गते बिहीबार सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स पुतलिससडकमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७९–८० सम्मको नाफाबाट १००% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सहायक कम्पनी रहेकाले यस कम्पनीले पारित गर्ने सम्पूर्ण लाभांश समेत नेप्सेले पाउनेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०–८१ बाट लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.