Advertisement

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

0 14

Advertisement

०३ पुष, सिन्धुली ।सिन्धुली जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरूमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।

एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन भएको कमलामाई नगरपालिका–६ स्थित सिद्धबाबा माविमा कार्यरत स्टाफ नर्स सामना शर्मा विद्यार्थीलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे जानकारी दिँदै आएको बताउनुहुन्छ ।

उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनसँगै छात्राहरू खुलेर आफ्ना समस्या बताउन सक्ने भएका छन् । महिनावारीका बेला पढ्न नआउने छात्राहरू पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै नियमित पढ्न आउन थालेका छन् । “विद्यालयमा दैनिक विभिन्न समस्या भएका नौ/दस जना विद्यार्थीको स्वास्थ्य जाँच हुने गरेको छ,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ त २०/२५ जना नै विद्यार्थीको स्वास्थ्य जाँच हुने गर्द छ ।”

विद्यालयमा स्वास्थ्यसँग सम्बन्धित महिनावारी, मानसिक समस्या, किशोर अवस्थाको बारेमा, प्रजनन स्वास्थ्य, आँखालगायतका विषयमा पनि कक्षा सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रम जिल्लामा २०७५ सालमा कमलामाई नगरपालिका–५ स्थित जनज्योति मावि फोस्रेटारमा नमुना परीक्षणका लागि सञ्चालन गरी सुरुवात गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.