Advertisement

सेयर बजारबाट ५ महिनामा उठ्यो १ अर्ब १५ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

0 771

Advertisement

०३ पुष, काठमाडौं । सेयर बजारबाट चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १५ करोड १९ हजार ८०४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

सरकारलाई ५ महिनाको अवधिमा कर्पोटेर लगानीकर्ता र स्टक डिलरले १७ करोड ८५ लाख ३ हजार ६१२ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर ५ महिनामा राज्यलाई ९७ करोड १५ लाख १६ हजार १९२ रुपैयाँ लाभकर तिरेका छन् ।

सीडीएससीका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा बढी पुँजीगत लाभकर साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ उठेको थियो । यस्तै सबैभन्दा कम कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । कात्तिकमा दसैंतिहारलगायत चाडपर्वका कारण केही दिनमात्रै कारोबार हुँदा पुँजीगत लाभकर पनि कम उठेको छ ।

साउनपछि धेरै लाभकर मंसिरमा उठेको छ । मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यस्तै असोजमा २१ करोड ९५ लाख ७९ हजार ४२६ रुपैयाँ र भदौमा १४ करोड ६ लाख ९ हजार २४३ रुपैयाँ सरकारले कर पाएको छ ।

साउनमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ४१ लाख ३५ हजार ३८४ रुपैयाँ र स्टक डिलरले ४ लाख ५८ हजार ६७७ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै भदौमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६५ लाख ६ हजार ७४२ रुपैयाँ र स्टक डिलरले १ लाख ९४ हजार १५९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

असोजमा दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ४२ हजार ५१३ रुपैयाँ र स्टक डिलरले ४२ हजार ९४६ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

कात्तिकमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९३ हजार ८५० रुपैयाँ र स्टक डिलरले २६७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

यस्तै मंसिरमा दीर्घकालीन लगानीकर्ताले ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १२ लाख ८ हजार ३ रुपैयाँ र स्टक डिलरले २ लाख २१ हजार ६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

हाल दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.