Advertisement

विश्‍व इतिहासका घटना : रहेनन् अल्फ्रेड नोबेल

0 56

Advertisement

२४ मंसिर, काठमाडौं । आज १० डिसेम्बर। विश्‍व इतिहासका यस्ता घटना, जसले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् २००७- अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा आजकै दिन पहिलो महिला राष्ट्रपतिले सपथ ग्रहण गरेकी थिइन्। उनी थिइन्, क्रिस्टिना फर्नान्डेज डी किर्चनर। उनी ९ डिसेम्बर २०१५ सम्म पदमा रहिन्।

– सन् १९४८- मानव अधिकारको विश्‍वव्यापी घोषणा

सन् १९४८ मा आजकै दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकारको विश्‍वव्यापी घोषणा पत्रलाई ग्रहण गरेको थियो। र, पहिलोपटक आधारभूत मानव अधिकार विश्‍वव्यापी रूपमा संरक्षित भएको थियो।

– सन् १९०१- पहिलो नोबेल पुरस्कार प्रदान

अल्फ्रेड नोबेलको निधन भएको ५ वर्षपछि पहिलोपटक उनको नाममा स्थापित नोबेल पुरस्कार आजकै दिन प्रदान गरिएको थियो। स्विडेनका रसायनशास्त्री तथा अन्वेषक अल्फ्रेड नोबेलको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो।

– सन् १८१७- मिसिसिपी अमेरिकाको २०औं राज्य

अमेरिकाको संविधान मान्दै मिसिसिपी आजकै दिन संयुक्त राज्य अमेरिकाको २०औं राज्य बनेको थियो।

– सन् १८९६- अल्फ्रेड नोबेलको निधन

स्विडेनका रसायनशास्त्री तथा अन्वेषक अल्फ्रेड नोबेलको आजकै दिन निधन भएको थियो। पेशाले इन्जिनियर उनी नोबेल पुरस्कारका संस्थापक हुन्। २१ अक्टोबर १८३३ मा उनको जन्म भएको थियो। उनी डाइनामाइटका आविष्कारक हुन्। उनको जीवनकालमा ३५५ वटा प्याटेन्ट उनको नाममा दर्ता भएका थिए। डाइनामाइटको आविष्कारका लागि उनलाई सन् १८६७ मा प्याटेन्ट प्रदान गरिएको थियो।

– सन् १७६८- ब्रिटानिकाको पहिलो प्रकाशन

इन्साइक्लोपिडिया ब्रिटानिकाको प्रथम प्रकाशन २५५ वर्षअघि आजकै दिन भएको थियो। यो सबैभन्दा पुरानो र निरन्तर प्रकाशन हुँदै आएको अंग्रेजी भाषाको इन्साक्लोपिडिया हो। यसको प्रकाशन स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.