Advertisement

भूकम्पपीडितका लागि भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण

0 54

Advertisement

२० कार्तिक, काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि भारत सरकारले १६ करोड रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरूप आइतबार १६ करोड रुपैयाँ बराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायुसेनाको विशेष विमानले आइतबार ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरेका हुन् ।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.